प्रक्रियाबाट संविधान जारी गर्ने प्रयास थालेको भन्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय

काठमाडौं, पौष २७ । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले कांग्रेस-एमालेलगायतका दलले प्रक्रियाबाट संविधान जारी गर्ने प्रयास थालेको भन्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको मोर्चाको बैठकले सत्तारुढ दलले जर्बजस्ती संविधान जारी गर्ने प्रयास गरेको भन्दै त्यसको सशक्त विरोध गर्ने निर्णय गरेको हो ।
मोर्चाका नेताहरुले दुई तिहाईको प्रस्तावलाई कार्यव्यवस्थाको बैठकबाट पारित हुन नदिने र प्रस्ताव पारित भए संविधानसभामा त्यसको शसक्त विरोध गर्ने जनाएका छन् ।
सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिँदै मोर्चाले त्यसका लागि लचकता अपनाउने समेत जनाएको छ । IMAGEKHABAR