अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची पुस २८ । नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र काठमाडौं किसानका लागि उन्नत विउ विजन र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सन्धिखर्कको टुडिखेलमा माघ १ गते कृषि मेला हुने भएको छ । कृषि वस्तुको प्रचार प्रसार गर्न कृषि मेला तथा प्रदर्शनी गर्न लागिएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । संघले सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर मेलाको बारेमा जानकारी गराएको छ ।
मेलामा कृषक समूह, सहकारी, निजि उद्यमीहरुले स्टल राख्न पाउने छन् । स्टलमा उन्नत जातको विउ विजन, कृषि उपज, पशुपंक्षीहरु, पशुपालनबाट उत्पादित वस्तुहरु, अर्गानिक वस्तुहरु, कृषिजन्य पदार्थबाट प्रशोधित वस्तु तथा अन्य कृषि जन्य उपकरणहरु राखिने उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद भुसालले बताए ।
स्टल राख्न कुनै शुल्क तिर्नु पर्दैन । मेलामा प्रथम, द्वितिय तितृय र शान्तवना हुनेलाई पुरस्कारको व्यवस्था छ । मेलामा वृहक सांकृतिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ । मेलाको सहआयोजकमा जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय रहेका छन् ।