प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले वाड न. १३ मा निर्माण हुन थालेको भगबती बिमान स्थलको निर्माण कार्यलाइ तीब्रता दिनका लागि नेपाल सरकारलाई दबाब दिने भएको छ ।
सन्धिखर्क नगरपालिकाको दोस्रो नगर परिसद, बार्षिक बजेट निति तथा कार्यक्रम सार्बजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकरी अधिकृत कृष्ण प्रसाद सापकोटाले प्रस्तुत गरेको बार्षिक बजेट निति तथा कार्यक्रममा बिमान स्थल निर्माण कार्यलाइ तीब्रता दिनका लागि सकारात्मक दबाब सृजना गर्ने बताउनु भयो ।
नगरपालिकाले बढ्दो जलबायु परिबर्तन र वातावरणीय सन्तुलन कायम गर्नका लागि दुइ सय घरधुरी एक पोखरी निर्माणको कार्यलाइ पनि अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । जिल्ला कृषि बिकास कार्यलयको प्राबिधीक सहयोगमा नरपानी र किमडाडामा नमुनाको रुपमा अर्गानीक कृषि उत्पादन टोलको बिकास गरिने भएको छ ।
न्गरपालिका भित्र नगर क्षेत्रका मुल सडकको दाया बाया खानेपानीका मुहानमा , सार्बजनिक जमिन,खोला किनारा लगायतमा जनसहभागितामा आधारित एक ब्यक्ति एक बिरुबाको अबधारणा अभियानका साथ कार्यन्वयनमा ल्याउने भएको छ । बजार क्षेत्र भित्र घरको कम्पाउण्ड भित्र बर्षतमा परेको पानीलाइ ढल नालामा नपठाइकम्पाउण्ड भित्रनै पानी रिचार्ज गर्ने कार्यलाइ जनसहभागिताको आधारमा कार्यन्वयनमा लैजाने भएको छ ।
सार्बजनिकीकरण कार्यक्रममा चालु आर्थिक बर्षको कुल ९ करोड ४५ लाख ४८ हजार र अगामि आर्थक बर्ष २०७२र७३ को १२ करोड ९ लाख ५६ हजार बराबरको बजेट प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला न्याधीस ब्रजेस प्याकुरेल,प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल स्थानीय बिकास अधिकारी हरि प्रसाद ज्ञवाली,नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य, एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का, राप्रपाका जिल्ला अधयक्ष देबीबहादुर खड्का, राजमोका शेरबहादुर बिसी,जनमुक्ति पाटीका टेकबहादुर चेवाली,नेकपा माओबादी बिका माधब केसी, नेकपा माओबादी सिका सालिकराम खनाल, नगर बिकास समितिका अध्यक्ष पिताम्बर शर्मा,बार एसोसिएसनका जिल्ला अधयक्ष केबी भुसाल महिला नेतृ इश्वरा पोख्रेल,पत्रका महासंघका जिल्ला उपाध्यक्ष हिमबहादुर जिसि लेकाली, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, एकल महिलकि जिल्ला अध्यक्ष खगीश्वरा बस्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम शेसकान्त घिमिरे ओसनको सञ्चालन र नारायण पोख्रेलको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।