भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको एक संघीय अदालतबाट सफाइ पाएका छन् ।
मोदीविरुद्ध सन् २००२ मा भारतको गुजरातमा दंगा भड्काउन भूमिका खेलेको आरोपमा मुद्दा दायर गरिएको थियो । गुजरात दंगाका पीडित दुईजनाले अमेरिकी संस्था अमेरिकन सेन्टर फर जस्टिस (एजीसी)मा मोदीविरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दा दायर भएको १३ वर्षपछि मोदीले सफाइ पाएका हुन् ।
अमेरिकी संघीय अदालतले कुनै पनि देशको सरकार प्रमुखविरुद्ध मुद्दा चलाउनु उपयुक्त नहुने भन्दै मोदीविरुद्धको मुद्दा खारेज गरेको जनाइएको छ । (एजेन्सी)