काठमाडौं । संविधानका विवादित विषयमा सोमबारसम्ममा सहमति हुने दाबी नेताहरुले गरेका छन् ।
प्रमुख चार राजनीतिक शक्ति नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको आइबार बसेको बैठकपछि नेताहरुले शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति भइसकेको दाबी गरे भने संघीयतामा पनि सहमतिनजिक पुगेको प्रतिक्रिया दिएका हुन् ।
/>संविधानसभा भवन नयाँबानेश्वरमा बिहान र दिउँसो गरी दुईपटक भएको वार्तापछि मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले सोमबारसम्ममा सबै विषयमा सहमति गरिने दाबी गरेका हुन् ।
नेताहरुले सबै विषयमा भोलि कुरा मिल्ने भन्दै अहिले केही नबोल्ने बताए ।
सबै कुरा अहिले भन्न नमिल्ने भन्दै सोमबारसम्ममा सबै कुरा मिल्ने दाबी नेताहरुले गरेका हुन् । IMAGEKHABAR