संविधानसभामा फेरी अवरोध

काठमाडौ, माघ ६ – विपक्षी सभासदले गएराति संबिधानसभा बैठक कक्षको कुर्सी तथा माइक तोडफोड तथा सभाध्यक्ष र अन्य नेता माथि आक्रमण गरेको थियो । त्यसपछि स्थगित संविधानसभाको बैठक आज दिउँसो १ बजे बोलाइइएको थियो । निर्धारित समयमै सत्तारुढ दलका शीर्ष नेता तथा सभासद्हरु सभाभवन आइपुगेको भएपनि बैठक भने सुरु हुन सकेको छैन ।

काठमाडौ, माघ ६ – विपक्षी सभासदले गएराति संबिधानसभा बैठक कक्षको कुर्सी तोडफोड गरेपछि आज संबिधानसभाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । आज १ बजेको लागि बोलाइएको बैठक अहिलेसम्म सुरु भएको छैन् ।
कान्तिपुर अन्लाईनमा समाचार छ । संबिधानसभा प्रधानमन्त्री सुशील कोइरालासहित सबै दलका शीर्ष नेताहरु आइसकेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले बैठक स्थल छिर्नुअघि मर्यादापालकलाई ‘भाँचिएको कुर्सी बनाउनु भयो ?’ भनी सोधेका थिए । उत्तरमा मर्यादापालकहरुले,’छैन, प्रधानमन्त्री ज्यू’ भने । आजको बैठकमा सहभागी हुन सभासदको उल्लेख्य उपस्थिति छ । सभासदलाई मेटल डिटेक्टरले जाँच गरेर मात्रै भित्र छिर्न दिइएको छ । सभासदहरु कोही हिंडेरै र कोही प्रहरी सुरक्षामा संबिधानसभा स्थल आइपुगेका छन् ।
यसैगरी, संबिधानसभा भवनमा बसेको एमाले स्थायी समितिको बैठकले गएराति संबिधानसभामा भएको आक्रमणलाईक मानवताविरुद्धको आक्रमण भनी टिप्पणी गरेको छ ।