काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन र तोडफोड छाडेर संविधान निर्माणमा लाग्न विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।
केही दलहरुका कारण देशमा अस्थिरता उत्पन्न भएको भन्दै प्रधानमन्त्री कोइरालाले शीघ्र संविधान निर्माणमा लाग्न आग्रह गरे ।
राजधानीको खुलामन्चमा बुधबार आयोजित ल्हुक ल्होछार महोत्सवमा कोइरालाले संविधान निर्माण गरी विकास निर्माणतर्पm लाग्ने बेलामा आन्दोलनमा जानुको औचित्य नभएको बताए ।
सो अवसरमा इन्छन एसियाडकी कास्यपदकधारी विमला तामाङ ८१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । – IMAGEKHABAR