काठमाडौं – संविधानसभा बैठक हल र परिसरभित्र आज बिहान १० पोका खुर्सानीको धूलो भेटिएको छ । बैठक हुनुभन्दा आधा घण्टा अगाडि बैठक हलका कुना कुनामा खुर्सानीको धूलो भेटिएको हो ।
ईकन्तिपुर अन्लाईनमा समाचार छ । संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले यस घटनाले दुःखी तुल्याएको बताएका छन् । दलहरुले वाचा गरेको माघ ८ गतेका दिन संसदमा भएको यसप्रकारको घटनाले स्थितिले फरक मोड लिन सक्ने आंकलन गरिएको छ ।
संविधानसभा बैठकमा दुई दिनअघि एमाओवादीले आक्रमण र तोडफोड गरेका थिए ।
आज बिहान ११ बजे संविधानसभा बैठक बोलाइएको छ । आधा घण्टा ढिला भइसक्दा पनि बैठक सुरु हुन सकेको छैन ।
विपक्षी दल बस्ने पट्टकिो माईक हटाइयो
संविधानसभा हल भित्र एमाओवादी, मधेसी मोर्चा लगायतका दल बस्ने पट्टकिो टेबलबाट आज माईक हटाइएको छ । संघीय समाजवादी पार्टीका अध्यक्ष एंव सभासद अशोक राईले माईक हटाइएकोमा आपत्ति जनाएका छन् । उनले यस विषयमा सभामुखसँग कुरा गर्ने जनाए । ५ गते राति संविधानसभा भित्र विपक्षीले अवरोध गर्दा माईक तोडफोड र माईकबाटै प्रहार गर्ने काम भएपछि सतर्कताको उद्देश्यले माईक हटाइएको हुनसक्ने जनाइएको छ । माइककै प्रहारबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको छातीमा चोट लागेको थियो । हल भित्र ठूलो संख्यामा मर्यादापालक परिचालन गरिएको छ । ईकन्तिपुर अन्लाईनमा समाचार छ ।
सभासदलाई पनि कडाई,पूर्व प्रधानमन्त्रीलाई समेत चेकजाँच
आजको बैठकमा सहभागी हुन आएका सभासदलाईसमेत कडाई गरिएको छ । गाडीमा आएका सभासदलाई गेटमा उतारेर मेटल डिटेक्टरमा जाँच गरिएको छ । झोला भित्र लैजान पनि दिइएको छैन । संविधानसभा भवनको मुल गेटमा पूर्व प्रधानमन्त्रीलाई समेत चेकजाँच गरी मात्र भित्र पठाइएको छ । यसअघि समान्यतयाः भवनको पश्चिमपट्टीको गेटबाट सभासदहरु भित्र छिर्ने गरेकोम आज सबैलाई उच्च सुरक्षा जाँच सहित पश्चिमपट्टकिो गेटबाट छिराइएको छ । ईकन्तिपुर अन्लाईनमा समाचार छ ।
सभासदको जाँचप्रति विपक्षीको आपत्ति
संबिधानसभा प्रवेशको क्रममा विपक्षी सभासदलाई सुरक्षा जाँचमा कडाई गरिएको प्रति विपक्षी दलका नेताहरुले आपत्ति जनाएका छन् ।
केहीबेर अघि पुष्पकमल दाहाल, बाबुराम भट्टराई र विजयकुमार गच्छदारलगायत नेताहरुले सभामुखलाई भेटेर विपक्षी सभासदलाई जाँचमा कडाई गरिएको बारे ध्यानाकर्षण गराएको एमाओवादी नेता अग्नी सापकोटाले जानकारी दिए ।
नेताहरुले सभामुखसमक्ष विपक्षी सभासदलाई निरुत्साहित बनाउन अनावश्यक जाँच गरिएको भन्दै आक्रोश पोखेका थिए । नेताहरुले समामुखलाई ‘संबिधानसभालाई जेल बनाउन खोज्नु भएको हो ?’ भन्दै प्रश्न गरेका थिए । ईकन्तिपुर अन्लाईनमा समाचार छ ।
कुटनीतिक नियोगलाई सरकारले राजनीतिक अवस्थाबारे जानकारी गराउने
सरकारले नेपालस्थित कुटनीतिक नियोगलाई पछिल्लो राजनीतिक अवस्थाबारे औपचारीक जानकारी गराउने भएको छ । परराष्ट्र मन्त्रालयले आज ३ बजे पत्रकार सम्मेलन जारी औपचारीक रुपमा जानकारी गराउने तयारी गरेको छ । आज माघ ८ गते कार्यतालिका अनुसार संबिधान जारी गर्ने दिन हो । ईकन्तिपुर अन्लाईनमा समाचार छ ।