माघ ८ – LIVE:संबिधानसभाको बैठक नयाँ बानेश्वर काठमाडौंबाट ।
काठमाडौं – विपक्षी सभासदले संबिधानसभाको बैठक सुरु नहुँदै नाराबाजी गरेर राष्ट्रम घेराउ गरेका छन् ।
बैठकमा राष्ट्रिय धुन बजेर सभाध्यक्षले सभा सुरु भएको घेाषणा गर्नुअघि नै विपक्षीले नाराबाजी सुरु गरेका हुन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु रोष्ट्रम अघि पुगेर नाराबाजी गरिरहेका छन् ।
आज प्रश्नावली समिति बनाउने प्रस्ताव पेश गर्ने कार्यसूची छ । ईकान्तिपुरमा समाचार छ।