कूटनीतिक समुदायलाई आन्तरिक मामिलामा संयम हुन आग्रह गर्दै अनावश्यक रुपमा सक्रिय नहुन सचेत

काठमाडौं – परराष्ट्रमन्त्री पाण्डेले कूटनीतिक समुदायलाई आन्तरिक मामिलामा संयम हुन आग्रह गर्दै अनावश्यक रुपमा सक्रिय नहुन सचेत गराएका छन् । 
ईकान्तिपुरमा समाचार छ । पाण्डेले कूटनीतिक आचारसंहिता सबैले पालना गर्नुपर्ने बताए । उनले कूटनीति संवेदनशिल विषय भएकाले आन्तरिक मामिलामा गरिने टिकाटिप्पणी र लेखरचनाले धेरै अर्थ राख्ने र गैरकूटनीतिक भेटघाटले पनि मुलुकको आन्तरिक मामिलामा आँच पुर्‍याउने हुनाले यसमा कूटनीतिक समुदाय सचेत र संयम हुन जरुरी रहेको बताए ।
उनले कूटनीतिक समुदायले समाजको विखण्डन र सार्वभौमसत्तामा खलल गर्न खोज्ने फोर्सहरुलाई भेटेको विषयमा सरकार गम्भीर रहेको बताए । त्यस्ता फोर्सलाई स्थापित गर्न कूटनीतिक समयुदायले गरेको क्रियाकलापप्रति सरकार सचेत रहेकाले उचित समयमा उचित निर्णय गर्ने भन्दै पाण्डेले कूटनिितक समुदायलाई आशंकाको घेरामा ल्याउदै नाम नै नतोकी केही युरोपेली मुलुकलाई सचेत गराएका थिए ।
अन्तराष्ट्रिय समुदायले हस्तक्षेप गरिरहेको भनेर चर्चा चलिरहेको अवस्थामा कूटनीतिक समुदायलाई सम्वोधन गर्नु हस्तक्षेप निम्त्याउनु होइन भन्ने जिज्ञासामा अर्थमन्त्री महतले भने,’नेपालको शान्ति प्रक्रिया, संविधान लेखनबारे सबैको चासो रहेकोले यसमा कुनै द्विविधा नहोस भनेर स्पष्ट पार्न यस्तो कार्यक्रम गरेर जानकारी दिएका हौ । यो अहिले आवश्यक थियो ।’ अन्तराष्ट्रिय समुदायलाई अन्य राजनीतिक दलहरुले पनि आफ्नो धारणा राख्न सक्ने पक्ष खुला रहेको उनले स्पष्ट पारे ।