युक्रेनको डोनेत्स्क सहरस्थित एक बसस्टपमा भएको गोलाबारीमा कम्तिमा १३ जना मारिएका छन् । मारिनेमा बसका यात्रु र बसनजिकै रहेको कारमा सवार यात्रुहरु रहेको बताइएको छ ।
गत साता डोनेत्स्कको बुहास क्षेत्रमा भएको गोलाबारीमा परी १३ जना मारिएका थिए । युक्रेनको पूर्वी क्षेत्र डोनेत्स्क र लुहान्स्क, गत अप्रिलदेखि रुस समर्थित पृथकतावादीको नियन्त्रणमा छ ।
अप्रिलयता चलेको संघर्षमा ४८ सय मानिस मारिएका छन् भने १२ लाख भन्दा बढी विस्थापित भएका छन् । गत वर्षको मार्चमा युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया रुसले आफूमा विलय गराएपछि युक्रेन अशान्त छ । (एजेन्सी)