नेपाली जनतालाई ठगी गरेको भन्दै ६ सय एक सभासद विरुद्ध दाङमा ठगीको उजुरी

दाङ । नेपाली जनतालाई ठगी गरेको भन्दै ६ सय एक सभासद विरुद्ध दाङका एक व्यक्तिले उजुरी गरेका छन् । 
निर्धारित समय माघ ८ गते नयाँ संविधान जारी नगरी ६ सय एक सभासद्ले जनतालाई ठगी गरेको भन्दै लमही नगरपालिका ११ का डिल्लीराज खनालले जिल्ला प्रशासन कार्यालय दाङमा ठगीको उजुरी गरेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
इलाका प्रशासन कार्यालय लमहीमार्फत खनालले जिल्ला प्रशासन कार्यालय घोराहीमा फ्याक्स पठाई ठगीसम्बन्धी उजुरी गरेका हुन् । 
माघ ८ गते संविधान दिन्छौ भन्दै तलबभत्ता र चुनावमा ३० अर्ब रुपैयाँ सभासद्ले ठगेको आरोप खनालले लगाएका छन् । उनले ठगी गरिएको उक्त रकम असुल्न प्रशासनमा उजुरी दिएको बताए ।