गत डिसेम्बर २८ मा दुर्घटनाग्रस्त भएको एअर एसियाको बिमान सह चालकले चलाएको खुलासा भएको छ ।
दुर्घटनाग्रस्त बिमानमा रहेको डाटा रेकर्डरको आधारमा गरिएको छानबीन अनुसार फ्रान्सका सहचालक रेमी प्लेसेलले बिमान चलाएको खुलासा भएको छ ।
बिमान उडानको समयमा उनले ३२ हजार फिटमाथि उडिरहेको बिमानलाई ३० सेकेन्ड भित्र ३७ हजार फिट उचाइमा पुर्याइ पुन ३२ हजार फिटमा झारेको इन्डोनेसियाको हवाई उड्डयन प्राधिकरणले जनाएको छ ।
यद्दपी यसबारे थप बिवरण आउन अझै ६ महिनाको समय लाग्ने पनि जनाइएको छ ।
इण्डोनेसियामा खोजकर्ताहरुले दूर्घटनामा परेको एअर एसियाको क्यूजेड ८५०१ विमानको ब्ल्याक बक्स र डाटा रेकर्डर फेला पारेपछी दुर्घटनाबारे छानबीन थालेको हो ।
गत डिसेम्बर २८ मा इन्डोनेसियाको सुरबायाबाट सिंङापुरका लागि १ सय ६२ यात्रु सहित उडान भरेको विमान जाभामा दुर्घटनाग्रस्त भएको थियो ।
उक्त बिमानमा सवार ७६ मृतकको मात्रै शव फेला परेको छ भने बाँकीको खोजी जारी छ । AGENCIES