सडक वत्ती व्यवस्थापन गर्ने बारेमा सन्धिखर्क नगरपालिका कार्यालयको सुचना
नगरक्षेत्र भित्रका सडक वत्तीहरुको व्यवस्थापन गर्ने जिम्मेवारी सडक वत्ती उपभोक्ताहरुको भएको हुँदा टोलका सडक वत्तीको मिटर कहाँ छ मिटरबाट विद्युत चुहावट भएको छ वा छैन समयमा वत्ती बन्द गरिएको छ कि छैन अनुगमन गर्नुहुन सबै उपभोक्ता समितिहरुलाई हार्दिक अनुरोध छ । नगरपालिकाद्धारा हालसम्मको बाँकी विद्युत महसुल तिरी सडक वत्ती सुचारु गरिएको छ । सडक वत्ती बाल्न चाहनुहुने उपभोक्ताहरुले आफनो टोलको सडक वत्ती आफै व्यावस्थापन गर्नु हुन अनुरोध गरिन्छ । पुन सडक अव्यवस्थित भै लाईन काटिएमा वा प्रयोगकर्ताबाट सडक वत्तीको महसुल भुक्तानी नभएमा सड्क बत्ती सुचारु नहुने व्याहोरा समेत जानकारीको लागि अनुरोध छ ।
कृष्ण प्रसाद सापकोटा
कार्याकारी अधिकृत
सन्धिखर्क नगरपालिकाको कार्यालय, अर्घाखाँची ।
जग्गा प्लटिङ रोक लगाईएकोबारे सन्धिखर्क नगरपालिका कार्यालयको सुचना
नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही समय अगाडी जारी गरेको परिपत्रले नगरपालिकाको पूर्व स्वीकृत नलिई सबै प्रकारका जग्गाहरुको प्लटिङ र घडेरी निर्माणमा बन्देज लगाईएको हुँदा नगर भूउपयोग-योजना निर्माण नभएसम्मका लागि सबै प्रकारका जग्गाहरुको प्लटिङ र घडेरी निर्माणमा रोक लगाईएको व्यहोरा अनुरोध छ । नगरपालिकाको पुर्व स्वीकृत नलिई प्रचलित प्रवाधान विपरित माथि उल्लेखित कामहरु गरेमा उल्लेखित क्षेत्रमा नगरपालिकाको सेवा बन्द हुने र प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत सबैको जानकारीको लागि अनुरोध छ ।
कृष्ण प्रसाद सापकोटा
कार्याकारी अधिकृत
सन्धिखर्क नगरपालिकाको कार्यालय, अर्घाखाँची ।
घरको नक्सा पास गर्नुपर्नेबारे सन्धिखर्क नगरपालिका कार्यालयको सुचना
नगरपालिकाबाट घरको नक्सापास गरेर मात्र निर्माण कार्य शुरु गर्नु पर्नेमा घर निर्माण भैसकेपछि नक्सा बनाउने पद्धतिप्रति नगरपालिका चिन्तित छ । त्यसकारण नक्सा पास गरेर मात्र घर निर्माणको कार्य आरम्भ गर्नुहुन सम्पुर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गर्दछौ । आजका मिति देखि नक्सापास नगरीकन घर निर्माण गर्नेहरुको नक्सापास नगरिने र अन्य सेवा सुविधाहरु प्रदान गर्न नगरपालिका बाध्य नहुने व्यहोरा समेत यसै सुचनाद्धारा जानकारी गराईन्छ ।
कृष्ण प्रसाद सापकोटा
कार्याकारी अधिकृत
सन्धिखर्क नगरपालिकाको कार्यालय, अर्घाखाँची ।