काठमाडौं । सत्तारुढ दलका मुख्य नेताहरुले सहमतिका नाममा संविधान निर्माणको प्रक्रिया नरोकिने बताएका छन् ।
इमेजखबरमा समाचार छ। ललितपुरमा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर स्वर्गीय गणेशमान सिंहको नाममा स्थापना भएको गणेशमानसिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरको उद्घाटन कार्यक्रममा शुक्रबार सत्तारुढ दलका शीर्ष नेताहरुले अब कुनै पनि बहानामा संविधान लेखनको प्रक्रिया नरोकिने बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले अब कोही पनि डर, धाक र धम्कीबाट नडराउने भन्दै एकीकृत माओवादीलाई धम्क्याउन छाडेर सहमतिमा आउन आग्रह गरे ।
आफूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शुक्रबारै भेटेर वार्ताबाट निकास खोज्न आग्रह गरिसकेको भन्दै प्रधानमन्त्री कोइरालाले अब मुलुकले आन्दोलन र द्धन्द्ध थेग्न नसक्ने बताए ।
सोही, कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पहाड र तराईलाई छुट्याएर संघीतामा जाने कुराको कल्पनासम्म गर्न नसकिने बताए । धम्कीको भरमा कांग्रेस