साउदी अरबका राजाद्धारा सरकारी कर्मचारी, सैनिक र विद्यार्थीहरुलाई बोनसस्वरुप दुई महिनाको तलब बराबरको रकम दिने घोषणा
माघ १७ गते, २०७१ मा प्रकाशित
साउदी अरबका राजा सलमानले सरकारी कर्मचारी, सैनिक र विद्यार्थीहरुलाई बोनसस्वरुप दुई महिनाको तलब बराबरको रकम दिने घोषणा गरेपछि त्यहाँका जनतामा खुसी छाएको छ ।
राजा सलमानले सेवानिवृत्त कर्मचारीलाई समेत बोनस बाँड्ने घोषणा गरेका छन् ।