क्यामरुनमा बोको हराम लडाकूको आक्रमणबाट ७० जनाको मृत्यु

क्यामरुनमा बोको हराम लडाकूको आक्रमणबाट  ७० जनाको मृत्यु भएको छ । नाइजेरियासँग सीमा जोडिएको फोटोकलमा इस्लामिक विद्रोही बोको हरामका लडाकुहरुले आक्रमण गरेका थिए ।
उनीहरुले मस्जिद र घरहरुमा आक्रमण गरेका थिए भने ठुलठूला बिल्डिङहरुमा आगो लगाएका थिए । कतिपयको घाँटी रेटेर बिभत्स हत्या गरिएको छ ।
सरकारी सुरक्षाकर्मीहरुले विद्रोहीहरुलाई लखेटेको भोलिपल्टै यो आक्रमण भएको हो ।
पछिल्लो ६ बर्ष यता बोको हराम र सरकारी सुरक्षाकर्मीको आक्रमणबाट हजारौं नागरिकको मृत्यु भएको छ । लाखौं नागरिक विस्थापित भएका छन् ।
पूर्वोत्तर नाइजेरियाका धेरै क्षेत्र बोको हरामले नियन्त्रणमा लिएको छ । एजेन्सी