एकल जातिय राज्य एमाओवादीले स्विकार नगर्ने

सुनसरी  । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संविधान सभा निर्बाचन अगाडि प्रस्तावित गरेको बहुपहिचान सहितको संघियतामा सहमति गरी सहमतिमा संविधान जारी गर्न सकिने बताएका छन् ।
इमेजखबरमा समाचार छ । सुनसरीको इटहरीमा आज क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काग्रेस र एमालेले सहमतिमा संविधान जारी गर्न बार्ता र छलफलको माध्यमबाट पहल गरे बहुपहिचान सहितको संघियतामा एमाओवादी सहमति गर्न तयार भएको बताएका हुन् ।
बहुभाषिक, बहुसांस्कृतिक र बहुजाति रहेको मुलुकमा एकल जातिय राज्य एमाओवादीले पनि स्विकार नगर्ने बताउदै कांग्रेस र एमालेले एमाओवादीलाई एकल जातिय कुरा गरेको झुटो आरोप लगाइरहेको बताए ।
उनले काग्रेस र एमालेले बहुजातिय मुलुकमा एकल जातिय कुरा गरेर विभिन्न जातजातीहरुलाई भिडाउन खोजेको भन्दै एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष भन्ने गित गाएर काग्रेस एमाले यहि गीतको इसारामा चल्न खोजेको आरोप समेत लगाए ।
सहमतिमा संविधान जारी गर्न एमाओवादी अत्यन्तै लचक भएकाले सत्तारुढ दलहरुलाई बहुपहिचान सहितको संविधान र संघियताको पक्षमा सहमति गर्न बाताबरण मिलाए एमाओवादी वार्तामा बस्ने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।