काठमाडौं । वरिष्ठ संस्कृतिविद् डा. सत्यमोहन जोशी गोपाल-कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स पुरस्कारबाट पुरस्कृत भएका छन् ।
इमेजखबरमा समाचार छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट-३२९२ ले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार गरेको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद् जोशीलाई नगद १० लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।
नेपाली कला र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत् जोशीलाई पुरस्कृत गरिएको रोटरी इन्टरनेसनलले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति डा. रामवरण यादवले वातावरण संरक्षण, समाजसेवा र स्वास्थ्य क्षेत्रमा रोटरीले पुर्याएको भूमिकाको प्रशंसा गरे । कार्यक्रममा रोटरी इन्टरनेसनलका सभापति रो ग्यारी सीके ह्वाङ पनि सहभागिता थियो ।
संस्कृतिविद् जोशीले ९५ वर्षको उमेरमा रोटरीले प्रदान गरेको