सन्धिखर्क नगरपालिकामा नगर भू-उपयोग योजना निर्माण नहुँदा सम्म जग्गा प्लटिङ्गमा रोक

अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची   । सन्धिखर्क नगरपालिकाले जग्गा प्लटिङ्गमा रोक लागाएको छ ।  नगरपालिकाले नगर भू उपयोग योजना निर्माण नहुँदा सम्मको लागि  जग्गा प्लटिङ्गमा रोक लगाएको हो । 
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले  केहि समय अघि परिपत्र जारी गरि नगरपालिकाको पूर्व स्वीकृत नलिइ सबै प्रकारका जग्गाहरुको प्लटिङ्ग र घडेरी निर्माणमा रोक लगाउन निर्देशन दिएको  हुँदा नगर भूउपयोग योजना निर्माण नभएसम्मका लागि सबै प्रकारका जग्गाहरुको प्लटिङ्ग र घडेरी निर्माणमा रोक लगाइएको सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए ।
 उनले भूउपयोग योजना निर्माण गर्नका लागि समिति गठन भइसकेको जानकारी दिए  । उनले कसैले  जग्गा प्लटिङ्गको काम गरेमा कारवाही गरिने बताए  । सन्धिखर्क नगर विकास समितिका संयोजक पिताम्मर शर्माको अध्यक्षतामा गठित समितिमा नगरपालिकाका कार्यकारी अधिकृत, नगरपालिकाका प्राविधिक, विशेष नापी प्रमुख, नापी प्रमुख, मालपोत अधिकृत, वन अधिकृत, उद्योग वाणिज्य संघ, पत्रकार महासंघका एक-एक जना प्रतिनिधि सदस्य रहेका छन् । समितिले एक महिनामा रिपोर्ट तयार पार्ने छ । भूउपयोग योजना निर्माण नहुँदा सम्म प्लटिङ्ग गर्न पाइदैन कार्यकारी अधिकृत सापकोटाले भने, समितिले एक महिना भित्रै काम सकि नगरपालिकामा रिपोर्ट पेश गर्छ । समितिले फुदवाङ्गदेखि लदाम सम्मको क्षेत्रमा पहिलो चरणमा काम गर्ने भएको छ । भौगोलिक सूचना प्रणलीका आधारमा नगर भू उपयोग योजना निर्माण गर्छौं उनले थपे ।  
उनका अनुसार समितिले विपत व्यवस्थापनका लागि पनि खुल्ला ठाउँको पहिचान गर्ने छ । समितिले सार्वजनिक जग्गा, उद्योग सञ्चालन गने क्षेत्र, फोहोर व्यवस्थापन गर्ने क्षेत्र, बस पार्क, अन्य पार्क बनाउने लगायतका क्षेत्रको  पनि पहिचान गर्ने छ । 
समितका संयोजक पिताम्मर शर्माले नगरक्षेत्रलाई व्यवस्थित गर्ने दायित्व हरेक नगरबासीको भएको भन्दै सबैको सहयोगमा नगरपालिकालाई समउन्नत बनाउन सकिने बताए । हामीले  तोकिएको मितिमै नगर भू उपयोग योजना निर्माण गर्छौं

अन्य समाचारहरु