सत्य निरुपणमा गुरुङ र बेपत्ता छानबिनको अध्यक्षमा मल्लिकको नाम प्रस्ताव

बेपत्ता नागरिकहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि सिफारिस गर्न गठित समितिले सोमबार प्रधानमन्त्री सुशील कोइरालासमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।
इमेजखबरमा समाचार छ । समितिका अध्यक्ष पूर्वन्यायाधीश ओमभक्त श्रेष्ठले प्रधानमन्त्री कोइरालालाई बुझाएको प्रतिवेदनमा बेपत्ता व्यक्तिहरुको छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्य न्यायाधीश लोकेन्द्र मल्लिकलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
यस्तै, सदस्यहरुमा विजुल विश्वकर्मा, प्रा.डा. विष्णु पाठक, अधिवक्ता, नरकुमारी गुरुङ र आइबहादुर गुरुङलाई नियुक्ति गर्न सिफासिस गरिएको छ ।
यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा रुसका लागि पूर्वराजदूत सूर्यकिरण गुरुङलाई नियुक्त गर्न सिफारिस गरिएको छ भने सदस्यहरुमा वरिष्ठ अधिवक्ता लीला उदासी, अधिवक्ता श्रीकृष्ण सुवेदी, समाजशास्त्री डा. माधवी भट्ट र उपप्रध्यापक मञ्चलाको नाम सिफारिस गरिएको छ ।
दुबै आयोगमा योग्य व्यक्तिहरु सिफारिस गर्न भन्दै गत आषाढ २ गते सिफारिस समिति गठन गरिएको थियो । समितिको सिफारिस बमोजिम सरकारले अब छिट्टै नियुक्ति प्रक्रिया अघि बढाउने जनाइएको छ । इमेजखबरमा समाचार छ ।