संविधानसभाको प्रश्नावली प्रस्ताव समितिद्धारा नयाँ संविधानका विवादित विभिन्न विषयमा २ सय ३२ वटा प्रश्न तयार

काठमाडौं । संविधानसभाअन्तर्गतको प्रश्नावली प्रस्ताव समितिले नयाँ संविधानका विवादित विभिन्न विषयमा २ सय ३२ वटा प्रश्न बनाएको छ ।
इमेजखबरमा समाचार छ । विपक्षी दलहरुको बहिस्कारकैबीच माघ ११ गते गठित समितिले १ सय ९२ ओटा मूल र ४० ओटा वैकल्पिक प्रश्न तयार गरेको हो ।
संविधानका मुख्य विवादित विषय राज्यको पुनःसंचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका साथै अरु विषय समेटेर समितिले प्रश्नावली बनाएको हो ।
समितिले तयार पारेको प्रश्नावली सोमबार सभामुख सुवास नेम्वाङलाई बुझाइँदैछ । मूल प्रश्न पारित भएपछि त्यससँग सम्बन्धित जोडिएर आउने अरु प्रश्नहरु स्वतः पारित हुने गरी प्रश्नावलीको ढाँचा बनाइएको समितिले जनाएको छ । इमेजखबरमा समाचार छ ।