काठमाडौ – एमाओवादीले ल्हारक्याल लामालाई सभासद बनाएको पार्टी भित्र तिव्र बिरोध सुरु भएको छ । नेता प्रभु साहले मंगलबार पत्रकार सम्मेलन गरी लामाको नियुक्तिप्रति बिरोध जनाएका छन् ।उनले मधेशी दलितको कोटा खोसेर ‘मालदार’ व्यक्तिलाई नियुक्ति गरेको आरोप लगाएको छन् ।
ईकन्तिपुरमा समाचार छ । ‘मधेशी दलित कोटालाई जबरजस्ती खोली मालदार एबं विवादास्पद ल्हारक्याल लामालाई गरेको नियुक्तिको सिफारिशले सिंगै पार्टीको मधेशी एबं गरिब दलितप्रतिको प्रतिबद्धताको साह्रै उपहास मात्र गरकेो छैन, प्रचलित कानुनको समेत उल्लंघन गरेको छ’ साहले बिज्ञप्ती जारी गरी भनेका छन्, ‘यसले सिंगै आन्दोलनमै नकरात्म्क असर पार्ने छ ।’ उनले निर्णय सच्याउन नेतृत्व समक्ष माग गरेका छन् । पूर्व मन्त्री वा पूर्व सभासद्लाई सभासद् सिफारिश नगर्ने पार्टीको नीति विपरीत विवादस्पद व्यक्तिकाे नियुक्ति विधि र प्रक्रियाकाे हिसाबले पनि गलत भएकाे साहले जनाएका छन् । उनले नियुक्तिबारे केन्द्रीय समितिमा छलफल नभएको बताए ।
पार्टी प्रवक्ता दीनानाथ शर्माले लामालाई विज्ञ व्यक्तित्वको हैसियतले सिफारिश गरेको बताएका छन् । ‘दोस्रो संविधानसभाको समानुपातिक उम्मेदवारमा जनजाति तथा बौद्ध समुदायको तर्फबाट एक विज्ञ व्यक्तित्वको हैसियतमा लामालाई पार्टीले सिफरिस गरेको हो’ उनले विज्ञप्ती जारी गरी भनेका छन्, ‘त्यसैले पार्टीको तर्फबाट संविधानसभाको समानुपातिक तर्फको रिक्त पदमा भएको सिफारिस प्रति अनावश्यक टीकाटिप्पणी भएकोमा भ्रमित नहुन अनुरोध गरिन्छ ।’ उनले एमाले पार्टीको तर्फबाट लामा अर्थराज्यमन्त्री बनाएको बेला पार्सपोर्ट विवाद भए पनि राज्यको तर्फबाट भएको छनविनले सफाई दिइसकेको बताएका छन् । ईकन्तिपुरमा समाचार छ ।