अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिवी निवारण कोषका ६ जना कर्मचारीलाई निलम्बन गर्न मंगलवार निर्देशन दिएको छ।
कोषका पूर्वाधार विकास महाशाखा प्रमुख जयराज पन्त, मानव संशाधन विकास महाशाखा प्रमुख अखिलेशचन्द्र दाससहित सन्दिपनाथ उप्रेती, धनराज शाह र सञ्जय कुमार झालाई पेश्की रकम फर्छ्यौट गर्दा झुठो विवरण बुझाएको अभियोगमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो।
यसअघि अख्तिायारले कोषका कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठलाई पनि अनियमितताको आरोपमा माघ १८ गते लागु हुनेगरी निलम्बन गर्न निर्देशन दिएको थियो। SETOPATI