चिकित्सा शास्त्रमा एमडी अध्ययनका लागि नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ

काठमाडौं, माघ २८ । चिकित्सा शास्त्रमा एमडी अध्ययनका लागि नाम निकालिदिने भन्दै काठमाडौंको जनमैत्री अस्पतालमा कार्यरत चिकित्सकबाट ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
इमेजखबरमा समाचार छ।  पक्राउ पर्नेहरुमा नुवाकोट घर भइ वीर अस्पताल कर्मचारी युनियनका सचिवसमेत रहेका दीपक मुडभरी, नवलपरासी रामग्रामका राजेश कहाँर र धनुषाको महेन्द्रनगरका रवि पौडेल रहेका छन् ।
अभियुक्तहरुले बालाजुस्थित जनमैत्री अस्पतालमा कार्यरत डा. मनोजकुमार साहलाई एमडी अध्ययनका लागि नाम निकालिदिने भन्दै ६० लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

टेकु रायमाझी ट्रेडर्सका मेडिसिन प्रतिनिधि पौडेलले वीर अस्पतालमा कार्यरत अहेव मुडभरीसँग मिलेर वीर अस्पतालको कीर्ते कागजात बनाएको र डाक्टर साहको पोष्टिङको कागजात समेत कीर्ते बनाइ ठगी गरेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ।