लिवियाबाट युरोपका लागि हिँडेको दुईवटा मोटरबोट भू-मध्य सागरमा डुब्दा दुई सयभन्दा बढी यात्रुको मृत्यु

लिवियाबाट युरोपका लागि हिँडेको दुईवटा मोटरबोट भू-मध्य सागरमा डुब्दा दुई सयभन्दा बढी यात्रुको मृत्यु भएको छ ।
९ जनालाई भने जीवितै उद्धार गरेको संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले जनाएको छ । ती मोटरबोट लिबियाबाट हिँडेको पनि उक्त संस्थाले जनाएको छ । पछिल्लो समय अफ्रिकी मुलुकहरुबाट शरणार्थीका रुपमा युरोप जानेक्रम बढेको छ ।
सन् २०१४ मा मात्र भू-मध्य सागर भएर युरोप जान लागेका ३५ सय व्यक्तिको डुंगा दुर्घटनामा मृत्यु भैसकेको थियो भने २ लाख मानिसको उद्धार गरिएको थियो । यो समुद्री मार्ग अत्यन्त खतरनाक मानिन्छ । (एजेन्सी)