३१ मध्ये २९ दलको बहिस्कारका बिच संविधानसभाले प्रश्नावली प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदन

काठमाडौं । संविधान सभामा प्रतिनिधित्व गर्ने ३१ मध्ये २९ दलको बहिस्कारका बिच संविधानसभाले प्रश्नावली प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदन गरेको छ ।
अन्लाईनखबरमा समाचार छ। समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले प्रस्तुत गरेको प्रस्ताव विहीबारको संविधानसभा बैठकले अनुमोदन गरेको हो ।
अनुमोदित प्रतिवेदनका कतिपय विषयमा आफ्नो दलको असहमति रहेको जानकारी नेपाल मजदुर किसान पार्टीका सभासद प्रेम सुवालले गराए ।
प्रस्ताव पेश गर्दै सभासद गुरुङले विवादका १०३ विषयमा २३२ प्रश्न बनाइएको जानकारी दिए ।
प्रस्ताव अनुमोदन भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । यो अवधिमा राजनीतिक दलहरुबीच विवादित विषयमा सहमतिको प्रयास गरिने छ ।
विहीबारको बैठकमा तेस्रो ठूलो दल एनेकपा माओवादी नेतृत्वको मोर्चाका १ सय ४९ सभासदले बहिस्कार गरेका थिए । यसैगरी चौथो ठूलो दल राप्रपा नेपालका २४ सभासद पनि बैठकमा अनुपस्थित थिए ।
एमाओवादी नेतृत्वको मोर्चाले बहुमतीय प्रक्रियाबाट संविधान लेख्न सुरु गरिएको विरोधमा र राप्रपा नेपालले प्रश्नावलीमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालाई पनि राख्न माग गर्दै बहिस्कार गरेका हुन् । अन्लाईनखबरमा समाचार छ।