काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार बिहान भेटवार्ता भएको छ ।
इमेजखबरमा समाचार छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधान निमार्णका विषयमा देखिएका विवाद र अब सहमति गर्न सकिने विकल्पलगायतका विषयमा छललफल भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले प्रमुख विपक्षी दलको नेताको हैसियतले संविधान निमार्णमा जिम्मेवार भएर लाग्न दाहाललाई आग्रह गरेका थिए ।
कोइरालाले संवादहीनताको स्थितिबाट मुलुकले निकास नपाउने भन्दै वार्ता र सहमतिबाटै मुलुकलाई निकास दिनुपर्ने धारणा राखेका बताइएको छ । इमेजखबरमा समाचार छ।