भारत दिल्लीको मुख्यमन्त्रीका रुपमा आम आदमी पार्टीका केजरीवालद्धारा सपथ

प्रचण्ड बहुमतका साथ भारत दिल्लीको मुख्यमन्त्री बन्न गइरहेका आम आदमी पार्टी (आप)का नेता अरबिन्द केजरीवालले शनिबार रामलीला मैदानमा सपथ लिँएका छन् ।
ठीक एक वर्ष अगाडि उनले आजैका दिन फेब्रुअरी १४ मा जनलोकपाल विधेयकका विषयमा राजीनामा दिएका थिए । सन् २०१३ मा भएको निर्वाचनमा दोस्रो दलका रुपमा दिल्लीमा उदाएका केजरीवालले ४९ दिन सरकार चलाएका थिए ।
योपटक भने आपले ७० सीटको दिल्ली विधानसभामा ६७ सीट ल्याएको छ । सत्तारुढ भारतीय जनता पार्टीले तीन सीटमा चित्त बुझाउनुपरेको छ भने कांग्रेस आइले खाता नै खोल्न सकेन । (एजेन्सी)