मालपोत कार्यालय सुनसरीलाई धरान सार्ने सरकारको निर्णयमा आपत्ति जनाउँदै इनरुवा बन्द

इनरुवा । जिल्ला मालपोत कार्यालय सुनसरीलाई धरान सार्ने सरकारको निर्णयमा आपत्ति जनाउँदै स्थानीयले मंगलबार सुनसरीको इनरुवा बन्द गराएका छन् ।
स्थानीय बासिन्दा, उद्योगी व्यापारी, लेखापढी व्यवसायी र विद्यार्थीहरुले बन्द आह्वान गरेका हुन् । मालपोत कार्यालयलाई इनरुवामै राखिनुपर्ने, जनतालाई समयमा सहज सेवा प्रदान गर्नुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।
यसअघि बाराको कलैयाबाट पनि मालपात, नापि लगायतका कार्यालय सिमरा सार्न लागिएको भन्दै स्थानीयले आन्दोलन चर्काएका थिए । आन्दोलन चर्किंदै गएपछि कार्यालय सार्ने सरकारको निर्णय फिर्ता लिएको थियो । अन्लाईनखबरमा समाचार छ ।