पर्वत । पर्वतमा निजी क्षेत्रले निर्माण गरिरहेको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण तीव्र पारिएको छ ।
इमेजखबरमा समाचार छ । निजी क्षेत्रको मनाङ ट्रेड लिंकले बनाउँदै गरेको आयोजनाको हालसम्म २५ प्रतिशत काम सकिएको छ । मुख्य सुरुङको ३२ प्रतिशत काम सकिएको छ भने इन्टेकको निर्माण २५ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।
पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवा र दुर्लुङ तथा तिलाहार, बाजुङ तथा देउपुर गाविसमा बन्दै गरेको २० मेगावाट क्षमताको आयोजनाको निर्माण २०७२ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।
करिब ३ अर्ब ५१ करोड लागत अनुमान गरिएको आयोजना २०६९ साउनदेखि बनाउन थालिएको हो । इमेजखबरमा समाचार छ ।