काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले विगतमा दलहरु र आफूबीच भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन्।
नागरिकन्युजमा समाचार छ। बुधबार प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहाले तत्कालीन राजनीतिक दल र आफूबीच भएको प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित जे जति सममति, समझदारी एवं व्यवस्थापकीय गतिविधिको स्मरण गराएका छन्।
उनले विज्ञप्तिमा विगतमा के सहमति भएको थियो भन्ने विषयमा भने केही खुलाइएको छैन।
‘प्रजातन्त्र राष्ट्रको अलंकार हो र जनता जनार्दनको भाग्यको भविष्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्य संचालन र विधि व्ययवस्थापनका निम्ति चाहिने मूख्य विषय आपसी सुझबुझ, समझदारी र अनुभवयुक्त प्रयत्न हो।निषेध, विभेद, अन्योल, अलमल र कचिंगलमै समय विताउनु भन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु आजको आवश्यकता हो।
पुर्वराजाले ६४ वर्ष अघि आफ्ना जिज्यु बुबा (त्रिभुवन) र ९ वर्ष अघि आफैंलेगराएको कार्यविधि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियतालाई बलियो बनाउने कमद भएको उल्लेख छ। नागरिकन्युजमा समाचार छ।