काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशन आगामी भदौमा हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले आगामी भदौ २४ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पदाधिकारी बैठकले भदौ १ देखि ५ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको भए पनि केन्द्रीय समितिले प्रस्तावित मितिमा केही हेरफेर गरेर भदौ २४ देखि गर्ने निर्णय गरेको हो ।
बैठकले साउनमा वडा, गाउं, नगर, जिल्ला र क्षेत्रिय समितिको अधिवेशन समितिको अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
कांग्रेसले १३ औं महाधिवेशन ढिलोमा असोज पहिलो साताभित्र गरी सक्नुपर्ने कानूनी बाध्यता छ ।
केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको भए पनि असाधारण स्थिति देखाएर एक वर्ष थप्न पाइने व्यवस्था अनुसार कांग्रेसले ६ महिनाअघि एक वर्ष म्याद थपेको थियो । इमेजखबरमा समाचार छ ।