विश्वमा बढ्दै गएको उग्रवादी हिंसा रोक्ने उपायको खोजी गर्न अमेरिकामा सुरक्षा सम्मेलन

विश्वमा बढ्दै गएको उग्रवादी हिंसा रोक्ने उपायको खोजी गर्न अमेरिकामा बुधबारदेखि तीनदिने सुरक्षा सम्मेलन सुरु हुँदैछ । सम्मेलनमा विश्वभरबाट प्रतिनिधिहरु पुगेका छन् ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले सम्बोधन गर्ने सम्मेलनमा मध्यपूर्वका देशहरुसहित ६० देशका प्रतिनिधि सहभागी रहने छन् ।
हालैका दिनमा फ्रान्स, अष्ट्रेलिया, क्यानाडा, डेनमार्कलगायत देशमा अतिवादी संगठनमा संलग्न उग्रवादीहरुले हिंसात्मक आक्रमण तीव्र पारेका बेलामा त्यसविरुद्ध लड्ने रणनीति बनाउन अमेरिकाले सम्मेलन आयोजना गरेको हो ।
विश्वका विभिन्न भागबाट आउने आप्रवासीहरुप्रति सकारात्मक धारणा बनाउन अपील गरिने पनि कार्यक्रमको लक्ष्य रहेको छ । (एजेन्सी)