काठमाडौमा स्वाइन फ्लुको शंका

काठमाडौ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले एक बिरामीमा स्वाइन फ्लुको शंका देखिएपछि निक्र्यौल गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परिक्षण गर्न पठाएको छ । ती बिरामीमा उच्च ज्वरो, रुघा खोकी, सास फेर्न गार्हो हुने र पखाला लाग्ने जस्ता लक्षण देखेपछि अस्पतालले स्वाइन फ्लु भए/नभएको निक्र्यौल गर्न खोजेको हो ।
कान्तिपुरमा समाचार छ। भारतको मुम्वइ र दिल्लीवाट राजधानी फर्केका ती व्यक्तिमा सामान्य रुघाखोकी भन्दा फरक लक्षण देखिए पछि उपचारमा संलग्न चिकित्सकले थप परिक्षण पर्खेका हुन् । 
क्लिनिकल परिक्षणमा स्वाइन फलुको शंका भएपछि थप पुष्टि गर्न जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाएका हौं’, टेकु अस्पतालका डा.शेरबहादुर पुनले भने, ‘ति व्यक्ति स्वाइन प्रभावित भारतीय क्षेत्रबाट ४ दिनअघि राजधानी फर्केका हुन् ।’ स्वाइन फलुको भाइरस शरिरमा प्रवेश गरेको एक देखी ४ दिन भित्र लक्षण देखिन्छ । कहिले काही एक साता पछि पनि देखिन्छ । भारतबाट आएका आएकाहरु संग हिमचिम गरेकाहरुमा समेत स्वाइन फलुजस्तो लक्षण देखिए चिकित्सकीय परामर्श आवश्यक हुने उनले बताए । कान्तिपुरमा समाचार छ।