प्रधानमन्त्री सुशील कोइरालाद्धारा संविधान जारी गर्ने दायित्ववाट सरकार विचलित नहुने प्रष्ट

काठमाडौं  । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्ने दायित्ववाट सरकार विचलित नहुने प्रष्ट गरेका छन् । उनले शान्तिका दूत गौतमबुद्ध जन्मेको मुलुक नेपालले सबै राष्ट्रलाई अहिंसा र शान्तिको मार्गमा प्रेरित गर्नुपर्ने बताए ।
शुक्रबार काठमाडौंमा दक्षिण एसियाली शान्ति सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले दक्षिण एसियाका कतिपय राष्ट्र आतंक र हिंसाबाट आक्रान्त बन्दै गइरहेको भन्दै सबै राष्ट्र एकजुट नभएसम्म शान्ति कायम गर्न नसकिने बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले माघ ८ मा संविधान जारी गर्न नसक्दा सबै जनता निराश भएको बताए । उनले अब जतिसक्दो चाँडो वार्ता र संवादमार्फत् लोकतान्त्रिक संविधान जारी गरी जनतालाई आश्वस्त पार्नुपर्नेमा जोड दिए ।
चार दिनसम्म चल्ने सम्मेलनमा फिलिपिन्स, भारत, थाइल्यान्ड, जापान, चीन, जर्मनी, सिंगापुरलगायत १९ राष्ट्रका प्रतिनिधिको सहभागिता छ । इमेजखबरमा समाचार छ।