बारा । मालपोत तथा नापी कार्यलयको थप सेवा केन्द्र स्थापना गर्ने पुरानो सरकारी निर्णय उल्टिएको विरोधमा आन्दोलनमा उत्रिएका सिमरा क्षेत्रका बन्दकर्ता र प्रहरीबीच झडप भएको छ ।
त्यसक्रममा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी हस्तक्षेपकाबीच प्रर्दशन भने जारी छ । सेवा केन्द्र थप गर्ने निर्णय स्थगन गरेको भन्दै ६ दिनदेखि आन्दोलनरत स्थानीयले शुक्रबार आमहडताल घोषणा गर्दै यातायात र बजार ठप्प पारेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरीले बन्दकर्तालाई राजमार्गबाट हटाएर केहीबेर यातायात सन्चालन गरेको थियो । प्रहरीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको भन्दै आक्रोशित स्थानीयले अहिले राजमार्ग पुनः ठप्प पारेका छन् ।
बन्दकर्ता फेरि राजमार्गमा उत्रिएपछि सिमराको स्थिति तनावपूर्ण बनेको छ । आन्दोलनकारीले हस्तक्षेपबिरुद्ध नाराबाजी गरिरहेका छन् ।
पथलैयामा समेत यातायात ठप्प पार्दा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी