काठमाडौ – नेपाल टेलिभिजनको सञ्चालक समिति बोर्डले महाप्रबन्धक लक्ष्मण हुमागाईलाई कार्वाहीको सिफारिस गरेको छ । बोर्डको शनिबार मध्यराति सम्पन्न बैठकले हुमागाई सहित २ जना अधिकारीलाई निलम्बन गरेर कार्वाही थाल्न सञ्चार मन्त्रालयलाई सिफारिस गरेको हो ।
फर्जी ब्यांक ग्यारेन्टी राखेको एक विज्ञापन एजेन्जीसँगको मिलोमतोमा कारोवार गरेको आरोपमा बोर्डले महाप्रबन्धक सहित ४ जना कर्मचारी उपर कार्वाही थालेको छ । आर्थिक प्रशासन शाखाका २ जना कर्मचारीलाई बोर्ड आफैले निलम्बन गरेर कार्वाही गरेको छ । हुमागाई प्रतिस्पर्धाबाट ४ वर्षका लागि महाप्रबन्धकमा नियुक्त भएका हुन् । उनको अवधि अझै बाँकी छ ।
करीब ६ करोड रुपैयाँको फर्जी ब्यांक ग्यारेन्टी देखाएको वल्र्ड भिजन एडभर्टाइजिङ एजेन्सीसँग टेलिभिजनले कारोवार गरेको खुलेको छ । एजेन्सीका सञ्चालक दिनेश श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । कान्तिपुरमा समाचार छ।