काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले तत्काल शीर्षतहमा औपचारिक वार्तामा बस्न नसकिने निष्कर्ष निकालेको छ । तर, अनौपचारिक वार्ता र सम्वाद गर्न सकिने मोर्चाले संकेत गरेको छ ।
प्रचण्ड मोर्चाको शनिबार बसेको बैठकले प्रधानमन्त्रीले पछिल्लोपटक गरेको वार्ता आहृवान यसअघिको भन्दा सकारात्मक भएको तर, अझै पनि वार्ताका उपयुक्त वातावरण नबनेको ठहर गरेको हो । साथै अनौपचारिक वार्तालाई निरन्तरता दिई शीर्षस्तरमै औपचारिक वातावरण बनाउन आग्रह गरेको छ ।
अझै पनि औपचारिक र शीर्ष तहमा वार्ताका लागि उपयुक्त वातारण नबनेको भन्दै ३० दलले भनेका छन्-