प्रथम सन्धिखर्क नगरपालिका रनिङ्ग शिल्डको उपाधी गौरीशंकर बोर्डिङ्ग स्कूललाई

अमृत श्रेष्ठ 



सन्धिखर्क, अर्घाखाँची । गौरी शंकर इङ्गलिस बोर्डिङ्ग सन्धिखर्कले प्रथम सन्धिखर्क नगरपालिका रनिङ शिल्ड प्रतियोगिताको उपाधी  जित्न सफल भएको छ । नगरपालिका द्वारा टुडिखेल मैदानमा सञ्चालित प्रतियोगितामा सबै भन्दा बढि अंक ल्याई गौरी शंकरका विद्यार्थीहरुले ट्रफि, मेडल र नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन् । 

 



(तस्बिर: अमृत श्रेष्ठ , अर्घाखाँचीडट्कम )

 

प्रतियोगितामा जनज्योती उच्च मा.वि द्वितीय र अर्घाखाँची आवशीय उच्च मा.वि बेलबाटिका तृतीय भएका छन् । नगर स्तरीय रनिङ शिल्ड प्रतियोगिताको छात्र भलिवलमा अर्घाखाँची आवशीय उच्च मा.वि बेलबाटिका प्रथम र गौरी शंकर इङ्गलिस बोर्डिङ्ग स्कुल द्वितीय भएका छन् । छात्रा भलिवलमा जनज्योती उच्च मा.वि प्रथम र अर्घाखाँची आवशीय उच्च मा.वि बेलबाटिका द्वितीय भएका छन् । 



यसैगरी १ सय मिटर छात्रा दौडमा गौरी शंकर इङ्गलिस बोर्डिङ्ग स्कुल सन्धिखर्कका कविता खनाल प्रथम, सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ्ग स्कुलका रितु थापा द्वितीय र भगवती उच्च मा.वि कुर शंखेटारीका अजिता ज्ञवाली तृतीय भएका छन् ।

 

 यसैगरी २ सय मिटर छात्र दौडमा गौरी शंकर इङ्गलिस बोर्डिङ्ग स्कुल सन्धिखर्कका समुन्द्र बराल प्रथम, युवा वर्ष जनता रविचित्र उच्च मा.वि का प्रविन घिमिरे द्वितीय र भगतवी उच्च मा.वि कुर शंखेटारीका श्रीकृष्ण भुसाल तृतिय हुनु भएको छ ।

 

 यसैगरी २ सय मिटर छात्रा दौडमा भगवती उच्च मा.वि कुर शंखेटारीका लक्ष्मी गिरी प्रथम, गौरी शंकर इङ्गलिस बोर्डिङ्ग स्कुल सन्धिखर्कका वर्षा पन्थी द्वितीय र ज्ञान प्रकाश मा.वि डिभर्नाका विमला जि.सी तृतीय भएका छन् । 

 



(तस्बिर: अमृत श्रेष्ठ , अर्घाखाँचीडट्कम )

 

यसै गरी ४ सय मिटर छात्र दौडमा गौरी शंकर इङ्गलिस बोर्डिङ्ग स्कुलका विष्णु के.सी प्रथम, युवा वर्ष जनता रविचित्र उच्च मा.वि का मेगराज तामाङ्ग द्वितीय र जनज्योती उच्च मा.वि चुत्रावेशीका नविन थापा मगर तृतीय भएका छन् । ४ सय मिटर छात्रा दौडमा जनता कृष्ण उच्च मा.वि पकलेका अन्जु आचार्य प्रथम, भगवती उच्च मा.वि कुर शंखेटारीका पुनम सेजवाल द्वितीय र ज्ञान प्रकाश मा.वि डिभर्नाका सृजना परियार तृतीय हुनु भएको छ ।



 ८ सय मिटर छात्र दौडमा युवा वर्ष जनता रविचित्र उच्च मा.वि हटारीनेटाका भुवन खड्का प्रथम, गौरी शंकर इङ्गलिस बोर्डिङ्ग स्कुल सन्धिखर्कका समुन्द्र बराल द्वितीय र जनज्योती उच्च मा.वि का नविन थापा तृतीय भएका छन् । ८ सय मिटर छात्रा दौडमा भगवती उच्च मा.वि कुर शंखेटारीका दिपा श्रेष्ठ प्रथम, जनज्योती उच्च मा.वि का मुना रायमाझी द्वितीय र जनता कृष्ण उच्च मा.वि पकलेकी शुसिला खत्री तृतीय भएका छन् । 



 छात्र तर्फको ४ सय मिटर रिले दौडमा गौरी शंकर इङ्गलिस बोर्डिङ्गका गणेश क्षेत्री, समुन्द्र बराल, विष्णु के.सी र ऋषव के.सी प्रथम भएका छन् । युवा वर्ष जनता रविचित्र उच्च मा.वि हटारीनेटाका भुवन खड्का, राजु वि.क, कृष्ण नेपाली र प्रविण घिमिरे द्वितीय भएका छन् । सोही खेलमा अर्घाखाँची आवशीय उच्च मा.वि बेलबाटिकाका शोभाखर पाण्डे, हिमलाल खत्री, सन्दिप राज के.सी र विष्णु के.सी तृतीय भएका छन् ।



 छात्रा तर्फको ४ मिटर रिले दौडमा गौरी शंकर इङ्गलिस बोर्डिङ्ग स्कुलका वर्षा भारी, वर्षा पन्थी, कविता खनाल र आशिका रायमाझी प्रथम, भगवती उच्च मा.वि कुर शंखेटारीका अजिता ज्ञवाली, पुनम सेजवाल, लक्ष्मी गिरी र पुजा श्रेष्ठ द्वितीय तथा अर्घाखाँची आवशीय उच्च मा.वि बेलबाटिकाका कविता के.सी, श्रृष्टि मुखिया, समिक्षा पौडेल र मन्दिरा मरासिनी तृतीय हुनु भएको छ । 

अन्य समाचारहरु