रुकुम । एमाओवादीका नेता बाबुराम भटराईले संविधान सभामा जारी प्रक्रिया रोकिएको लिखित प्रतिबद्धता नआएसम्म वार्तामा नजाने दोहोर्याएका छन् ।
रुकुममा उनले आन्दोलन विफल पार्नकै लागी वार्ताको जाल फालिएको टिप्पणी गरे ।
शान्ति सम्झौता विपरित जान खोज्नेको हालत पूर्व राजाको जस्तै हुने चेतावनी भट्टराईको छ । मुसिकोट खलंगामा गरिएको सभामा भने नेता भट्टराईले प्रक्रियाबाट पेल्ने कोशिस गरिए अर्काे जनयुद्ध गर्ने चेतावनी दिए । इमेजखबरमा समाचार छ ।