यूक्रेनको खार्किभमा भएको र्यालीमा बम विष्फोट गरिंदा दुई जना मारिएका छन् भने अरु दश जना घाइते भएका छन् ।
यूक्रेनको दोस्रो ठूलो शहर भएको विष्फोटमा मारिनेमा एक जना प्रहरी अधिकृत पनि रहेको छ ।
रुस समर्थित नेता भिक्टर यानुकोभिचको सत्तापलटको एक वर्ष पूरा भएको अवसरमा गरिएको र्यालीमा उक्त विष्फोट गराइएको थियो ।
घटनामा संलग्न रहेको आशंकामा सुरक्षाकर्मीहरुले चार जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।
उता पूर्वी यूक्रेनमा गरिएको युद्धविराम पालना गर्नेक्रममा सरकार र विद्रोही दुबैपक्षले ठूला हतियार द्वन्द्वग्रस्त क्षेत्रबाट निकाल्न थालेका छन् भने आ