माओवादी पीडित राष्ट्रिय संघर्ष समितिद्धारा सत्य निरुपण तथा मेलमिलाप आयोग खारेजीको माग

काठमाडौं  । माओवादी पीडित राष्ट्रिय संघर्ष समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग खारेजीको माग गरेको छ ।
सरकारले द्वन्द्व पीडितलाई न्याय हुने कुराको ग्यारेन्टी नै नगरी हचुवाको भरमा आयोग गठन गरेको समितिको आरोप छ ।

समितिले आयोग खारेजीको माग राखेर जिल्ला प्रशासन कार्यालय काठमाडांैमा धर्नासमेत दिएको छ । समितिले द्धन्द्व पीडित मैत्री हुने गरी आयोग गठन गर्न माग गरेको छ । इमेजखबरमा समाचार छ ।