वातावरण संरक्षण समितिद्धारा अर्घाखाँचीका सरोकारवालासंग छलफल

प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची । ब्यबस्थापीका संसद वातावरण संरक्षण समितिले  अर्घाखाँचीको नरपानीमा चुनढुंगा उत्खननले पारेको वातावरणीय प्रभाबको बारेमा जिल्लाका सरोकारवाला निकाय संग आज छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
समितिले सन्धिखर्कमा रहेको सभागृहमा अन्तरक्रिया गरि जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद, पुर्ब सभासद, जिल्ला स्थीत सम्पुर्ण राजनितिक दल, उद्योगी पक्ष र स्थानीय बासिन्दा संग  चुनढुंगा उत्खनन बाट परेको प्रभाबको बारेमा रायसुझाब लिएको छ । 
छलफलकालागि वातावरण समितिका संयोजक जनक बहादुर चौधरी, सदस्य मदनबहादुर  अमात्य, रेशम लामा, कमला बिक, पर्शुराम तामांग, दुमनसिंह थापा सहितको टोली सन्धिखर्क आएको थियो  ।  
छलफल कार्यक्रममा  अर्घाखाँची क्षेत्र नम्बर १ का साभासद तथा एमाओबादी नेता टोपबहादुर रायमाझि , काग्रेस नेतृ तथा पुर्ब सभासद पुस्पा भुसाल , डा. रामबहादुर बिसी , पुर्ब सभासद नजीर मिया लगायतले कार्यक्रमा कम्पनीले चुनढुंगा उत्खनन गर्दा परेको प्रभाबको बारेमा आआफ्नो धारणा राखेका थिए ।  
समितिले यस भन्दा पहिला स्थलगत रुपमा अध्यन गरिसकेको र स्थानीय स्तरका समस्या तथा जनतालाइ परेको असर बारेमा आज गरेको छलफलको आधारमा वातावरण समितिले कम्पनीको बारेमा निर्णय गर्ने समितिका संयोजक  जनक चौधरीले बताउनु भयो ।  
समितिले नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य, एमाओबादीका अध्यक्ष चन्द्रबहादुर खड्का, राप्रपा नेपालका जिल्ला अध्यक्ष बिरेन्द्र सेन, राप्रपाका अध्यक्ष देबीबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका शेरबहादुर बिसी, नेकपा मालेका जिल्ला सचिब केदार बेल्बासेको पनि राय सुझाब लिएको छ । 
  चुनढुंगा उत्खनन रोक्का संघर्ष समितिका संयोजक पिताम्बर खासु,  , वातावरण समितिमा निबेदन पेश गर्नेको तर्फबाट बासुदेब आचार्य,वातावरण वचाउ अभियानका सारग केसी, अर्घाखाँची सिमेन्ट कम्पनीका महाप्रबन्धक उद्धबबहादुर कार्की, तालबाराही माइनिंग कन्ट्रक्सनका राजु गुरुंग संग  रायसुझाब लिएको छ । 
  त्यसै गरि स्थानीय शान्ती समितिका संयोजक ठाकुर कुमार बिक, नेताहरु परसमणि, पिताम्बर आचार्य, टोपबहादुर बलाल, स्थानीय बासिन्दाहरु प्रितम केसी,मेगबहादुर पाण्डे,लगायतको पनि धारणा समितिले सुनेको छ । 
कार्यक्रममा बोल्ने अधिकांसले कम्पनीका कारण वातावरण तथा पर्यावरणीय असर पुगेको भन्दै  सदाकालागि बन्द गर्नु पर्ने धारणा राखेका छन । 
एक महिना अघि पनि  ब्यबस्थापीका संसद वातावरण संरक्षण समितिको उपसमितिले  नरपानीमा चुनढुंगा उत्खननको स्थलगत अध्यन गरेको थियो  । संसदको वातावरण समितका सदस्य मदन बहादुर अमात्यको संयोजकत्वमा गठित उपसमितिले नरपानी चुनढुंगा स्थलको अध्यन तथा उत्खननबाट स्थानीय स्तरमा परेको असरबारे जानकारी लिएको थियो ।
 नरपानी गाविसमा ३ बर्ष देखि बन्द रहेको चुनढुँगा उत्खनन कार्य सदाका लागि बन्द गर्नु पर्ने भन्दै नरपानीका स्थानीय बासिन्दाले आन्दोलन गरिरहेका छन  चुनढुंगा उत्खनन गर्न सुरु गरेको छ वर्षमा पानीका मुहान सुकेपछि ३ बर्ष देखि गाउ

अन्य समाचारहरु