प्रेमनारायण आचार्य
वाङ्ला, अर्घाखाँची । सामुदायीक सेवा केन्द्र अर्घाखाँचीले आज जीबनसुधा प्राबी वाङ्ला देउरालीडाँडामा रहेको बिद्यालयमा अध्यन गर्ने अति बिपन्न र अति जेहेन्दार बिद्यार्थीकालागि शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालयमा अध्यनरत ३० जना अति जेहेन्दार र अति बिपन्न बिद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण गर्दा अन्य जान्नै पर्ने कुराहरुको पनि जानकारी होस भनि कापीका पानाहरुमा सनदेसमुलक जानकारी दिने सुचना राखिएको जिल्ला प्रहरी कार्यलयका प्रहरीस नायब उपरिक्षक दिपेन्द्र जिसीले बताउनु भयो ।
स्थानीय स्तरमा स्थानीय ब्यक्तिलाइ अनुरोध गरेर स्थानीय समाजसेबीहरुले शैक्षिक सामाग्रीको ब्यबस्थापन मिलाउने गरिएको छ । बिद्यार्थीहरु शैक्षिक सामाग्रीको अभाबमा बिद्यालय जानबाट बञ्चित हुन नपरोस भनेर शैक्षिक सामाग्रीको ब्यबस्थापन गरेको सामाग्रीको ब्यबस्थापन गरेका कर्णजंग रायमाझिले बताउनु भयो ।
स्थानीय जनता र प्रहरीको सम्बन्ध बिकास गर्ने उदेश्यका साथ सञ्चालन गरिएको यो कार्यक्रम जिल्लाका सबै सामुदायीक बिद्यालयमा सञ्चालन गरिने सामुदायीक सेवा केन्द्रका अध्यक्ष्न रामबहादुर चौहानले बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्यले मन्तब्य राख्दै जिल्लाका सबै सरकारी बिद्यालयमा सञ्चालन गरिने यो अभियानले शैक्षिक गुणस्तरको बिकासकालागि ठुलो सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा बिलmयका प्रधनाध्यापक नारायण बहादुर भाट,ब्यबस्थापन समितिका अध्यक्ष नीतबहादुर बिसी लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता र सचिब हेमन्त बेल्बासेको सञ्चालनमा समपन्न भएको हो ।