इस्लामिक अतिवादी संगठन इस्लामिक स्टेट (आइएस)ले उत्तर पूर्वी सिरियाबाट ९० जना क्रिश्चियनलाई अपहरण गरेको छ ।
आइएसले क्रिश्चियनहरुको बाहुल्य रहेको ताल तमर गाउँमा छापा मारी ९० जनाको अपहरण गरेको मानवअधिकारवादी सिरियन अनुगमन समूहले जनाएको छ । उक्त क्षेत्र कुर्द सेनाको नियन्त्रणमा थियो ।
सिरियन कुर्दिस लडाकूहरुले अमेरिकी नेतृत्वको हवाई आक्रमणमा साथ दिएपछि यो अपहरण कान्ड भएको बीबीसीले जनाएको छ ।
सिरिया र इराकको ठूलो भू-भाग नियन्त्रणमा लिएको आइएसले आफ्नो कब्जामा रहेका विभिन्न मुलुकका नागरिकको पाशविक ढंगबाट हत्या गर्ने गरेको छ । AGENCIES