जातीय राज्यको सपना देखाएर एमाओवादी पुष्पकमल दाहाल राष्ट्रपति बन्ने दाउमा लागेको चित्रबहादुर केसीको आरोप

भक्तपुर  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जातीय राज्यको सपना देखाएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कार्यकारी राष्ट्रपति बन्ने दाउमा लागेको आरोप लगाएका छन् ।
भक्तपुरमा मंगलबार आयोजित कार्यक्रममा केसीले केही जातिलाई राज्य दिने सपना बाँडेर कार्यकारी राष्ट्रपतिको शासकीय स्वरुप स्थापित गराउने दाउ एमाओवादीको भएको जिकिर गरे ।
जातीय राज्यको भर्‍याङबाट कार्यकारी राष्ट्रपति बन्ने दाउलाई सफल हुन नदिन सबै चनाखो भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
संघीयता नत्यागे यसले ढिलोचाँडो नेपाललाई विघटन गर्ने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।