सिन्धुली, फाल्गुन १२ । राजधानी काठमाडौंलाई तराईका जिल्लाहरुसँग छोटो दुरीमा जोड्ने गरी निर्माण भएकोे धुलिखेल-सिन्धुली-बर्दिबास सडकको निर्माणकार्य सम्पन्न भएपछि राजधानीबाट पूर्वी तराईका जिल्लाहरुमा यातायातका साधनहरुमा आवागमन गर्नका लागि समय र दुरी छोटिन पुगेको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत् महोतरीको बर्दिबासबाट सिन्धुलीमाडी हुँदै काभ्रेको धुलिखेलसम्म कुल १ सय ५८ किलोमिटर लम्बाईको धुलिखेल-सिन्धुली-बर्दिबास सडकको निर्माण सम्पन्न भएपछि बर्दिबासबाट धुलिखेलसम्म पुग्न हल्का सवारी