कामको खोजीमा भारत गएर फर्किएका प्रदेशीको कालिकोटमा स्वास्थ्य जाँच गरिने,बर्दियामा स्वाइन फ्लु भित्रन नदिन सतर्कता अभाव

कालिकोट – कामको खोजीमा भारत गएर फर्किएका प्रदेशीको कालिकोटमा स्वास्थ्य जाँच गरिने भएको छ। ज्याला मजदुरीका लागि भारत गएका फर्किएकाबाट स्वाइन फ्लु भित्रिन सक्ने ठहर गर्दै जिल्लाको भर्ता ८ हुल्म जीतेमा जिल्ला स्वास्थ्यको टोलीमार्फत मजदुरको स्वास्थ्य परीक्षण गर्न लागिएको हो। भारतका  विभिन्न सहरमा स्वाइन फ्लुले महामारीको रूप लिन थालेकाले सतर्कता अपनाउन गृह मन्त्रालयले यहाँको जिल्ला प्रशासनलाई परिपत्र गरेपछि मंगलबार आयोजित जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले कालिकोटका नागरिकको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो। 
कान्तिपुरमा समाचार छ । कालिकोटको मुख्य नाका मानिने हुल्म जीते बजारमा मजदुरको स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको प्रजिअ प्रदिप श्रेष्ठले बताए। ‘यहाँका सबैजसो गाविसबाट भारतमा ज्याला मजदुरी गर्न जानेहरू फर्किन थालेका छन्,’ जिल्ला दैवीप्रकोप उद्धार समिति अध्यक्षसमेत रहेका प्रजिअ श्रेष्ठले भने, ‘प्रहरीले जानकारी लिने दिने  र स्वास्थ्यकर्मीले परीक्षण गर्नुपर्छ।’ उनले जिल्लाका सबै गाविसलाई स्वाइन फ्लुसम्बन्धी जानकारी गराउन जिविसमार्फत, स्वास्थ्य संस्थालाई जिल्ला स्वास्थ्य र प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालयद्वारा पत्राचार गर्ने निर्णय भएको जानकारी दिए। 
सुँगुर बंगुर, मानिस र चराका माध्यमबाट स्वाइन फ्लु लाग्ने भएकाले सतर्क रहन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने जिल्ला स्वास्थ्य प्रमुख डा. शंकर लोहलाले बताए। ‘स्वास्थ्य परीक्षण र जनचेतनामूलक अभियान सँगसँगै सञ्चालन गर्नुपर्छ।’ हालै कालिकोट आएका डा. लोहलाले भने, ‘परीक्षणपछि शंकास्पद  बिरामीलाई रेफर गर्नुपर्छ।’ कालिकोटका ३० वटै गाविसबाट वाषिर्क ५/६ हजार युवा ज्याला मजदुरीका लागि भारत जाने गरेको सहायक प्रजिअ मीमबहादुर शाहीको अनुमान छ। जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले सुख्खा खडेरीमा आगलागी हुने भएकाले सचेत गर्न जिल्ला वन, संघसंस्था र सञ्चार माध्यमलाई  परिचालन गर्ने निर्णय पनि गरेको छ।
नाकामा सतर्कता अभाव
कान्तिपुरमा समाचार छ ।  भारतसँग खुला सीमा रहेको बर्दियामा स्वाइन फ्लु भित्रन नदिन सतर्कता अभाव देखिएको छ। नाकामा हेल्थ डेस्क स्थापना अझै गरिएको छैन। रोगविरुद्ध चेतनामूलक कार्यक्रम पनि नगरिँदा स्थानीय त्रसित छन्। राजापुर, गुलरिया, कोठियाघाट, ताराताल, गणेशपुर, कालिका र जमुनी नाका भएर दिनहुँ सयौं  यात्रु आवतजावत गर्छन्। रोजगारी, औषधोपचार र काम विशेषले भारत पुगेर र्फकनेको संख्या उल्लेखनीय छ। र्फकनेमा स्वाइन फ्लु जोखिम हुन सक्ने भए पनि हेल्थ डेस्क अहिलेसम्म नराखिएको जिल्ला स्वास्थ्य निरीक्ष्ाक सुनिल पाण्डेले बताए। सोमबार जिल्ला प्रशासनमा बसेको दैवीप्रकोप उद्धार समिति बैठकले स्वाइन  फ्लु भित्रन नदिन चाँडै हेल्थ डेस्क राख्ने निर्णय गरेको छ। समिति संयोजक तथा प्रजिअ नरहरि बरालले जनशक्ति र उपकरण थपेर आउजाउ हुने अन्तर्राष्ट्रिय नाकामा निगरानी गरिने बताए। रोगबारे जिल्लामा सतर्कतासम्बन्धी कुनै प्रचारप्रसार सामग्रीसमेत भएको छैन। 
रोगबारे स्थानीय एफएम तथा माइकिङ गरेर सर्वसाधारणलाई कुनै पनि जानकारी गराएको छैन। विशेषगरी भीडभाड हुने विद्यालय, क्याम्पस, हाटबजार लाग्ने ठाउँ, गाविसलगायतमा सचेतना अभियान फैलाउनुपर्ने आवाज सर्वपक्षीय बैठकमा उठाएको थियो। स्वाइन फ्लुबाट बच्न स्थानीय प्रशासनले हात नमिलाउन सवर् पक्षीय बैठकमा आह्वान गरेको थियो। यसैगरी भारतबाट कुनै पनि किसिमका पक्ष्ाीजन्य, मासु नल्याउन र खान प्रतिबन्ध गरेको प्रजिअ बरालले बताए। कान्तिपुरमा समाचार छ ।