सरकारको एक वर्षे कार्यकाल पूर्णरुपमा असफल भएको भन्दै चर्को आलोचना

काठमाडौं  । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश सदस्यले सरकारको एक वर्षे कार्यकाल पूर्णरुपमा असफल भएको भन्दै आलोचना गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा अधिकांश सदस्यहरुले सरकारको काम र प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका थिए ।
बैठकमा अधिकांश सदस्यहरुले राहतमुखी काम गर्न नसकेको र मन्त्रीहरु मनपरी ढंगले अघि बढेको भन्दै आलोचना गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।
बैठकले विपक्षी दलहरुसँग वार्ता गरी संविधान लेखनको विषयमा निश्कर्षमा पुग्न नेतृत्वलाई सुझाब दिएको छ ।
यस्तै, पार्टीलाई संस्थागत र विधिसम्मत ढंगले सन्चालन गर्न पनि सदस्यहरुले सुझाब दिएका छन् । बैठकमा भातृ संगठनको अधिवेशनको विषयमा छलफल भएपनि कुनै निर्णय हुन नसकेको जनाइएको छ । इमेजखबरमा समाचार छ ।